२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतबाट अवैध रुपमा ल्याइएका भैंसी नियन्त्रणमा

भारतबाट अवैध रुपमा ल्याइएका भैंसी नियन्त्रणमा

1.3K
Shares

पर्सा – पर्सा प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका भैंसी र पाडापाडी बरामद गरेको छ। बिहीबार साँझ करिब सात बजे महुवनबाट ना५ख १९४७ नम्बरको ट्रकमा ल्याइएका भैंसी र पाडापाडी बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

काठमाडौं लैजान हिँडाइका १२ भैंसी र ११ वटा पाडापाडी समातेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भारतबाट पशुपंक्षी आयात गर्न प्रतिबन्ध छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij