२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकद्धारा लाभांश घोषणा

सिभिल बैंकद्धारा लाभांश घोषणा

1.5K
Shares

काठमाडौं – सिभिल बैंकले ६ दशमलव ५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ रहेको छ । बैंकले सोही पुँजीबाट ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij