२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

875
Shares

काठमाडौं– कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । यही कार्तिक २७ गते बैंकले आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदै छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्रान्डी अस्पतालको सहयोगमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

जसमा करीब ६८ जना रक्तदाताले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij