२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विमानस्थलको पार्किङमा श्री र यतीको जहाज ठोक्कियो

त्रिभुवन विमानस्थलको पार्किङमा श्री र यतीको जहाज ठोक्कियो

760
Shares

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्स सिआरजे ७००  को जहाजले पार्किङ गरिराखेको यति एटिआर-७२ को जहाजलाई छोएको हो ।
श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।
अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij