२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेरुडे लघुवित्तको नाफा १७१ प्रतिशत वृद्धि

नेरुडे लघुवित्तको नाफा १७१ प्रतिशत वृद्धि

1.4K
Shares

काठमाडौं – चालू आवको पहिलो त्रैमासमा नरुडे लघुवित्त वित्तीय संस्थाको नाफा १ सय ७१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा २ करोड ६९ लाख नाफा कमाएको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले ९९ लाख २३ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी  ३९ करोड ७६ लाख छ । रिजर्भ कोषमा रू. ५१ करोड ३३ लाख छुट्याएको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रतिशेयर आम्दानी २७ दशमलव १३, मूल्य आम्दानी अनुपात १८ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ २ सय २९ दशमलव शून्य ९ छ । हालसम्ममा कम्पनीले ३१ वटा जिल्लामा ८७ वटा शाखा तथा उपशाखाहरुबाट १ लाख ३५ हजार ८ सय ६ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij