२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साधना लघुवित्तले नाफा बढायो

साधना लघुवित्तले नाफा बढायो

850
Shares

काठमाडौं –  साधना लघुवित्त वित्तीय संस्थाले प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १४ लाख ९३ हजारमात्रै खुद नाफा रहेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले ५१३ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

गत असारमा आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालन गरेका कारण कम्पनीले खुद ब्याज आम्दानी २ करोड ४६ लाख २ हजार पुर्याएको छ । अघिल्लो वर्ष ६६ लाख ३१ हजारमा रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा ३२ करोड ५९ लाख  बचत संकलन गरी १ अर्ब ४ करोड १६ लाख सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वष ८ करोड ५६ लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो ।
यसैगरी अघिल्लो आर्थिक वर्षमा २३ लाख ९० हजार रहेको रिजर्भ कोषमा यसपटक ३ करोड ४१ लाख पुगेको छ । ४ करोड ९० लाख चुक्ता पुँजी वृछि गरी १४ करोड ६० लाख भएको छ भने कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ । तरलता अनुपात १३.२१ प्रतिशत, प्रतिशेयर आम्दानी २०.९८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij