२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकको ३ अर्बको ऋणपत्र जारी

सनराइज बैंकको ३ अर्बको ऋणपत्र जारी

790
Shares

काठमाडौं – सनराइज बैंकको १,००० एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी ३ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको  छ ।

एक समारोहका बीच घोषणा गरिएको उक्त ऋणपत्र २०७६ कार्तिक  २० गतेदेखि  निष्काशन हुने जनाएको छ । छिटोमा २०७६ कार्तिक २४ गते र ढिलोमा २०७६ मंसिर १९ गते सम्म खुल्ला रहने बैंकले जनाएको छ ।

३ अर्ब मध्ये १२ लाख कित्ता बराबरको एक अर्ब बीस करोड रुपैंया को ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा १८ लाख कित्ता बराबरको एक अर्ब अस्सी करोड रुपैया ऋणपत्र परिपत्र विधिबाट  संस्थागत व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिएको छ।

सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । उक्त ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको
लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिकी गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ।

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई रु ८ अर्ब १५ करोड चुक्ता पूजी रहेकोमा बैंकको १२ औं साधारण सभाबाट १० प्रतिशत बोनस शेयर पारित भइ सकेकाले हाल चुक्ता पूजी ८ अर्ब, ९६ करोड ७८ लाख ११ हजार ४ सय ३८ कायम भएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुऱ्याउने उद्धेश्य सहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४२ वटा एटीएम मार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij