काठमाडौं -सानिमा बैंकले बचतकर्ताका लागि स्वास्थ्य परीक्षण तथा विमा सुरक्षा सुविधासहितको ‘सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता’ ल्याएको छ।
यो योजनाअन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा लिनसक्ने छन्। साथै नेपाल र भारतमा हुने उपचारमा १ लाख रुपैयाँसम्मको औषधि उपचार विमा सुविधा लिनसक्ने छन्।
यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ २० लाख रुपैयाँ वीमा रकम दावी गर्न सकिने छ। यसबाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरणसहितको ३ लाख रुपैयाँ विमा २५ हजारको मृत्यु लाभ हुने विमा बैंकले गरिदिने बताएको छ।
सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij