काठमाडौं – सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि फारम भर्ने समय आज सकिँदैछ। डिभी खुलेको एक महिनामा २१ हजारभन्दा धेरैले फास्ट ट्रयाकबाट पासपोर्ट बनाएका छन्।
डिभी खुलेको दिनदेखि गत बिहिबारसम्म आएका ३८ हजार २ सय ७२ आवेदन मध्ये २१ हजार ३ सय ४० ले फास्ट ट्र्याकमा पासपोर्ट निकालेका राहदानी विभागले जनाएको छ ।
विभागका अनुसार सामान्यतः दैनिक ६ सयको हाराहारीमा आवेदन आउने भए पनि दशैंपछि आवेदन दिनेको संख्या आकासिएको थियो ।
यसपालि डिभी भर्दा पासपोर्ट नम्बर र पासपोर्टको एक्सपायर डेट अनिवार्य लेख्नु पर्ने हुँदा फास्ट ट्र्याकाम पासपोर्ट बनाउने बढेका हुन्
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij