काठमाडौं – राष्ट्रिय भावका शब्दहरु समेटिएको ‘देशको माया गर्नेहरु’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रमेश सुबेदीको शब्द सृजना रहेको गीतमा सन्तोष श्रेष्ठको सुमधुर संगितमा गायक मनोजराज सिवाकोटीको स्वर रहेको छ ।
हेमप्रभासको निर्देशनमा तयार भएको भिडियोमा हिराकाजी महर्जनलगायतहरुको अभिनय रहेको छ । विरेन्द्र भाटको छायांकन र सम्पादन रहेको भिडियोलाई गोल्डेन क्रियशनले बजारमा ल्याएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij