२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विमानस्थलमा जफत गरिएका मदिरा लिलामीमा

त्रिभुवन विमानस्थलमा जफत गरिएका मदिरा लिलामीमा

600
Shares

काठमाडौं -त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरिएका मदिरा बिक्रीका लागि सूचना निकालेको छ। कार्यालयकाअनुसार झिटी गुण्टा भारी ऐन विपरित ल्याइएका मदिरा जफत गरिएको हो।
ऐनअनुसार विदेशबाट फर्किने नेपालीले १ लिटरको परिमाणमा १ बोतलसम्म मदिरा ल्याउन पाउने व्यवस्था छ।

योभन्दा बढी परिमाणमा ल्याइएका मदिरा जफत गरी लिलामी बिक्रीका लागि आह्वान गरिएको भन्सार कार्यालयले जनाएको छ ।
०७६ असार मसान्तभन्दा अघि जफत गरिएका मदिरा बिक्रीका लागि राखिएको छ। अन्तशुल्कमा दर्ता भएका र नवीकरण गरिएका कम्पनी, फर्म वा व्यक्तिले मदिरा किन्न पाउँनेछन्।
सूचना निकालिएको १५ दिनभित्रमा मदिरा खरिद गर्नुपर्ने भन्सार कार्यालयले जानकारी दिएको छ।
६ हजार ७ सय १८ वटा बोतल मदिरा बिक्रीका लागि राखिएको छ। तोकिएको न्यूनतम मूल्यअनुसार सो परिमाणको मदिरा बिक्रीबाट कम्तीमा १ करोड ३१ लाखभन्दा बढी रूपैयाँ राजश्व उठ्नेछ।
सो मूल्यमा अन्तशुल्क, मूल्य अभिवृद्धि कर र अन्य कुनै किसिमको महशुल समाबेश नगरिएको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij