२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ३ जना मजदुर मृत फेला

बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ३ जना मजदुर मृत फेला

1K
Shares

धनगढी -बझाङ जिल्लामा निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ जना मजदुर मध्ये ३ जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।
सुरुङको झण्डै ९ सय मिटरभित्र तीन जना मजदुर मृत अवस्थामा फेला परेको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
उद्धारका लागि हेलिकप्टर मार्फत काठमाडौंबाट गएको विज्ञसहितको टोलीले ३ जना मजदुरको शव सोमबार दिउँसो ३ बजे सुरुङबाट बाहिर निकाल्ने काम भएको उनले बताए । अझै एक जना मजदुर सुरुङभित्रै फसेकाले उद्धारमा खटिएको टोली फेरि खोजीका लागि सुरुङभित्र गइसकेको पाण्डेले बताए ।
स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको थियो ।
नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएका हुन् । सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कविहीन भए पछि स्थानीय टोलीले उद्धारको प्रयास थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij