२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेकपाद्धारा ७ जना प्रदेश प्रमुखको नाम सिफारिस

नेकपाद्धारा ७ जना प्रदेश प्रमुखको नाम सिफारिस

810
Shares

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।
नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।
जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।
नेकपाले नाम टुंगो लगाएसँगै सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्तिसम्बन्धी निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij