२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

महालक्ष्मी विकास बैक साफा अवार्ड–२०१८ बाट सम्मानित

महालक्ष्मी विकास बैक साफा अवार्ड–२०१८ बाट सम्मानित

805
Shares

काठमाडौं – साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (SAFA) द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहिता र सुशासनमा सुधार गर्ने हेतुले वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड (SAFA Best Presented Annual Report Award) – २०१८ महालक्ष्मी विकास बैंक लिमिटेडले पाएको छ ।

उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको ढाकामा एक समारोहका बिच प्रदान गर्ने भएको छ । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड (Best Presented Annual Report (BPA) Award)–२०१८ प्राप्त गरे लगत्तै बंैकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८ पनि प्राप्त गर्न लागेको हो ।

आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बैंक सधै प्रयासरत रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij