डोटी – डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।
४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij