२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बसको ठक्करबाट पूर्वसांसद रामलखन महतोको मृत्यु

बसको ठक्करबाट पूर्वसांसद रामलखन महतोको मृत्यु

1.1K
Shares

बर्दिबास – धनुषाका पुर्वसांसद रामलखन महतोको दुर्घटनमा मृत्यु भएको छ। बसको ठक्करबाट शुक्रबार उनको निधन भएको हो। जनकपुर-ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका-१ विश्वकर्मा चोकमा साइकलमा सवार उनलाई शुक्रबार बसले ठक्कर दिएको थियो।
शैक्षिक भ्रमणका लागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा महतोलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो। ठक्कर दिँदा उपचारको क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिरकुमार दाहालले जानकारी दिए।
२०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनवा लडेका नेता महतो नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्वराष्ट्रपति डा. रामवरण यादवलाई पराजित गर्दै विजयी भएका थिए। २०६२-०६३ को जनयुद्धको बेला नेकपा माओवादीमा आवद्ध भएका महतो पछिल्लो समय मोहन वैद्य निकट क्रान्तिकारी माओवादीमा आवद्ध थिए। उनको एक छोरा र एक छोरी छन्।

ठक्कर दिएका बस र चालक काठमाडौं साँखुका दिपक गिरी प्रहरी नियन्त्रणमा छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij