२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको एकैपटक ४ नयाँ शाखा संचालन

सिद्धार्थ बैंकको एकैपटक ४ नयाँ शाखा संचालन

955
Shares

काठमाडौं – सिद्धार्थ बैंकले एकैपटक ४ नयाँ शाखा संचालनमा ल्याएको छ। शुक्रबार बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो।

शाखामाफत् बैंकले सर्वसाधारण र व्यवसायीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्य लिएको छ।

उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सन्जाल संख्या १७१ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । यसका साथै बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटिएम र १ हजार ६ सय भन्दा बढी पीओएस मेसिनमार्फत् बैङिक सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij