२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमसीसीविरुद्ध खेल्ने नेपाली टोली घोषणा (सूची सहित)

एमसीसीविरुद्ध खेल्ने नेपाली टोली घोषणा (सूची सहित)

805
Shares

काठमाडौं– इंग्ल्याण्डको एमसीसीविरुद्ध तीन वटा फर्म्याटमा क्रिकेट सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले टी–२० , एकदिवसीय र फस्टक्लास गरी तीन वटा फर्म्याटमा सिरिज खेल्ने नेपाली टोली घोषणा गरेको हो ।
कार्तिक २० गतेदेखि प्रतियोगिता शुरु हुनेछ । नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्का एकदिवसीय खेल मात्रै खेल्ने भएका छन् ।
टी–२० मा कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी बाहेक अधिकांश युवा खेलाडी टोलीमा परेका छन् । त्यस्तै, एकदिवसीय टोलीमा वसन्त रेग्मी शरद भेषावकर र पारस खड्कासहितका अनुभवी खेलाडी टोलीमा छन् ।
तीन वटै फरम्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम घोषणा गरिएको हो । २३ जना खेलाडीले तीन वटा फरम्याटको प्रतियोगिता खेल्दै छन् । तीन वटै फरम्याटमा खेल्ने खेलाडीको संख्या भने ८ रहेको छ ।
तीनै फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दिप लामिछाने, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी छन् ।

खेल तालिका

नोभेम्बर ३- नेपाल-यू १९ भीएस एमसीसी (५० ‌ओभर)

नोभेम्बर ४- नेपाल- भीएस एमसीसी (५० ‌ओभर)

नोभेम्बर ६-८ – नेपाल-यू भीएस एमसीसी ( ३ दिवसीय म्याच- फर्ट क्लास)

नोभेम्बर ९- मिक्स नेपाल/ यू-१९ टोली भीएस एमसीसी (टी-२०)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij