२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिका र जनसेवीको मर्जर प्रस्ताव पारित गर्न विशेष सभा बस्दै

कालिका र जनसेवीको मर्जर प्रस्ताव पारित गर्न विशेष सभा बस्दै

975
Shares

काठमाडौं – कालिका र जनसेवी लघुवित्त वित्तीय संस्थाले एकै दिन विशेष साधारण सभा बोलाएका छन् । सभामा दुवै कम्पनी एक आपसमा गाभिने मुख्य एजेन्डा रहेको छ । दुवै कम्पनीले मर्ज सम्बन्धी प्रस्ताव पारित गर्न कात्तिक २५ गते विशेष सभा बोलाएका हुन् ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा छ । सभाले मर्ज सम्बन्धी अन्तिम सम्झौता पत्र तथा अन्य सम्झौताहरुको अनुमोदन गर्नेछ ।

एक्विजिसनपछि जारी तथा चुक्ता पुँजी र सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ ।

मर्जपछि कम्पनीको नाम जनकालिका लघुवित्त कायम हुनेछ । कालिकाको सभा द जंगल  रेष्टुरेन्टको सभाहल, वालिङ स्याङ्जा मा बिहान ११ बजे सुरु हुनेछ । त्यस्तै, जनसेवीको सभा होटल बेञ्जुको सभाहल, कुस्मा पर्वतमा बिहान ११ बजे नै सुरु हुनेछ । दुवै कम्पनी गाभिए पश्चात संस्थाको केन्द्रीय कार्यालय पोखरा वडा नं १० मा रहने प्रस्ताव पनि राखिने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij