२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकले लाभांश दिँदै

सनराइज बैंकले लाभांश दिँदै

575
Shares

काठमाडौं – सनराइज बैंकले कात्तिक १५ गते (शुक्रबार) १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र ५ दशमलव ८० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  हाल कायम चुक्तापूँजी रू. ८ अर्ब १५ करोड २५ लाख ५५ हजारको आधारमा बैंकले लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्नेछन् । बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक १ गते बुक क्लोज गरेको थियो ।
गत वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ७७ लाख ४१ हजार छ । यस बैंकले सातवर्षे अवधिको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्रमध्य १२ लाख कित्ता ऋणपत्र कात्तिक २४ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गर्दैछ । यसअघि गत वैशाखमा पनि १० प्रतिशत ब्याजदरको पाँचवर्षे अवधिको १० लाख कित्ता ऋणपत्र बैंकले विक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij