२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालय एयरलाइन्सकोे बेइजिङ उडान सुरु

हिमालय एयरलाइन्सकोे बेइजिङ उडान सुरु

560
Shares

काठमाडौं – पर्यटन वर्षलाई सहयोग पुर्‍याउने उद्देश्यले हिमालय एयरलाइन्सले चीन उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । कम्पनीले शीतकालीन समयमा चीनबाट भित्रिने र बाहिरिने यात्रुको माग पूरा गर्न हरेक हप्ता तीनपटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो ।

एयरलाइन्सले बेइजिङका लागि कात्तिक १० गते आफ्नो पहिलो उडान गरेको थियो । उडान सुरुवातसँगै दुई देशका राजधानीबीच ऐतिहासिक सीधा सञ्जाल स्थापना भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सीधा उडानले पर्यटक संख्या र यसबाट हुने आम्दानी मात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौतासमेत प्रवर्द्धन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij