काठमाडौं – मर्जरमा जाने सहमती गरिसकेका ग्लोबल आइएम बैंक र जनता बैंकले एकै दिन वार्षिक साधारण सभा गर्ने भएका छन् ।
आगामी मंसिर २ मा हुने दुवै बैंकको साधारण सभाले मर्जरको विषयलाई अन्तिम रुप दिने छ।
ग्लोबल आइएमइ बैंकको १३ औं साधारण सभा प्रज्ञा प्रतिष्ठान कमलादी र जनता बैंकको १०औं साधारणसभा आर्मि अफिसर्स क्लब भद्रकालीमा बोलाइएको छ।
यस्तै साधारण सभामा १ः०.८५ स्वाप रेसियो पनि पारित हुने छ। मर्जर कमिटी तथा दुवै बैंकका संचालक समितिले प्रस्ताव गरेको उक्त स्वाप रेसियो साधारणसभा बाट पारीत हुने बताइएको छ।
उक्त स्वाप रेसियोअनुसार आइएमइ बैंकको १०० कित्ता शेयर बराबर जनता बैंकको ८५ कित्ता हुनेछ।
ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा जनता बैंकले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभाको अर्को एजेन्डा हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij