२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंक र हेफरबीच सम्झौता

कृषि विकास बैंक र हेफरबीच सम्झौता

780
Shares

काठमाडौं – कृषि विकास बैंक र हेफर ईन्टरनेशनल नेपालबीच मुल्य श्रृंखलामा आधारित वित्तिय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । हेफर ईन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितीमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र हेफर ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हेफर ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले आगामी दिनमा यस्तो कार्यक्रम थप विस्तार गर्दै लैजाने साथै बैंकले सहयोग गर्ने अपेक्षा रहेको बताए । त्यसैगरि हेफर ईन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले २५ बर्ष पहिले २५ जना नेपाली महिलाबाट शुरु गरिएको परियोजना हाल लाखौं नेपाली महिला उद्यमीबीच पुगेको र कृषि तथा पशुको लघु व्यवसायमा बैंकले गर्न लागेको वित्तिय सहयोग कोशेढुंगा सावित हुने जानकारी दिए ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हेफर नेपालसंग गरिएको यस प्रकारको सम्झौताले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका मुल्य श्रृंखलामा आधारित साना÷मझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठुलो सहयोग पुग्ने आशा गरेको बताए ।

यस कर्जाको कार्यान्वयन पक्ष हेर्ने बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार हेफर ईन्टरनेशनल नेपालले सहकारी/कृषक समुह मार्फत रौतहट, धादिङ्ग, पाल्पा, रुपन्देही अर्घाखांची, लमजुंग, प्युठान र नुवाकोट जिल्लामा प्रवद्र्धन गरेको महिलाहरुलाई बाख्रा, तरकारी, स्थानिय कुखुरा र दुग्ध परियोजनामा बैंकले १ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाएका छन् ।

थापाका अनुसार कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम समेत संचालन बताए ।
सो कार्यक्रममा बैंकका उपमहा प्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, परामर्शदातामा घुरन ठाकुर, विभागीय प्रमुखमा बाशु अधिकारी, विना शर्मा तथा विभागका शा.प्र. प्रेम खनाल तथा सि.ए.कृष्ण निरौलाको उपस्थिति रहेको थियो । सो अवसरमा हेफर ईन्टरनेशनल नेपालको तर्फबाट कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मी, प्रकाश कटवाल, अदिस कार्की रविन निरौला लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij