काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणको शिलान्यास गरेको छ । नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शथ्यायुक्त यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुनेछ ।
हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधा हरु जडित हुनेछ । हस्पिटल परिसरमा अपरान्ह हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले गरेका छन् ।
नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०।१ वर्गफिट हुने र भूमि÷जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव दुई अर्व हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्नेछ ।

नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट प्रालिले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ । २०५० काठमाडौंमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट वहुआयामिक एवम् सुविधासम्पन्न हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेसिनुपर्ने नेपालीहरुको वाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पु¥याउँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij