२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानसेनापति प्रशंसा निशानबाट १० सैनिक सम्मानित

प्रधानसेनापति प्रशंसा निशानबाट १० सैनिक सम्मानित

1.4K
Shares

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति प्रशंसा निशानबाट’ नेपाली सेनाका विभिन्न दर्जाका दश सैनिकलाई सम्मान गरेका छन् । बेलायतको बेल्स ब्रेकनमा विसं २०७६ असोज २४ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालित ‘एक्सरसाइज कम्बरियन पेट्रोल २०१९’ मा अभ्यासमा सहभागी भई स्वर्णपदक विजेता अधिकृत, पदिक तथा अन्य दर्जालाई उनले सो निशान प्रदान गरेका हुन् ।
सो निशान प्राप्त गर्नेकम प्रमुख सेनानी असीमदीप गुरुङ, सहसेनानी कसम श्रेष्ठ, जमदार वसन्त रावत, हुद्दा निरोज अधिकारी, प्युठ युविन अम्गाई, प्रदीपकुमार दर्लामी, अर्जुन मोक्तान, ध्रुव अधिकारी, सिपाही कौशल भुजेल र सन्तोष श्रेष्ठ रहेका छन् ।
नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले ती सैनिकलाई प्रशंसा निशान प्रदान गर्दै नेपाली सेनाको गौरममय इतिहासलाई विश्वसामु जीवन्तरूपमा परिचित गराउन अहम् भूमिका खेलेकामा स्वर्णपदक विजेता सैनिकलाई धन्यवाद एवं बधाई दिए । उनले भने, ‘अत्यन्त कठिन र चुनौतीपूर्ण अभ्यासमा खरो र प्रतिस्पर्धात्मकरूपमा उत्रिइ चुनौतीलाई दृढतापूर्वक सामना गरी उच्च सफलता प्राप्त गर्नु नेपाली सेनाको इतिहास रहिआएको छ । यो इतिहासलाई आगामी दिनमा पनि कायम राख्र्नुुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij