२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्वेताश्री फाउन्डेसनद्धारा नवनिर्वाचित ‘एनआरएनए’ पदाधिकारीलाई सम्मान

श्वेताश्री फाउन्डेसनद्धारा नवनिर्वाचित ‘एनआरएनए’ पदाधिकारीलाई सम्मान

485
Shares

काठमाडौं– गैह्र आवसीय नेपालीहरुको संगठन ‘एनआरएनए’को नव निर्वाचित पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ । मंगलबार राजधानीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रुपमा रहेका थिए । मन्त्री भट्टराई तथा फाउन्डेसनकी अध्यक्ष अभिनेत्री श्वेता खड्काले विजयी सबैलाई संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा ‘एनआरएनए’ का नव निर्वाचित अध्यक्ष कुमार पन्त लगायत कार्यसमितिका सदस्य उपस्थित रहेका थिए । श्वेताश्री फाउन्डेसनले निर्माण गरिरहेको नमुना माझी बस्तीको बारेमा तयार पारिएको भिडियो समेत प्रस्तुत गरिएको कार्यक्रममा वस्ती निर्माणको लागि केहीले सहयोग समेत गरेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराइले नमुना माझी बस्तीको लागि सरकारी तवरबाट सहयोग आवश्यक भए आफु तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij