२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्कीसँग दुश्मनी निकालेपछि थाई राजाले खोसिदिए पछिल्लो रानीको शाही पद

अर्कीसँग दुश्मनी निकालेपछि थाई राजाले खोसिदिए पछिल्लो रानीको शाही पद

670
Shares

थाइल्याण्ड- थाइल्याण्डका राजाले आफ्नी श्रीमती बफादार नभएको भन्दै उनको शाही पद र सैन्य पदहरु खोसेका छन्।
राजा महा वजिरालंगकर्णले तीन महिनाअघि बिहे गरेर सिनिनात वङ्भजिरापाक्दीलाई पछिल्लो श्रीमती बनाएका थिए। सिनिनातले अर्की श्रीमती (रानी) सुथिदासँग दुश्मनी निकालेको भन्दै उनले पद खोसिदिएका हुन्।

३५ वर्षिय सिनिनातले अदालतको उल्लंघन गरेको आरोप लगाई दरबारले दुई पाने विज्ञप्ती निकालेको थियो। ‘सिनिनात कृतघ्न छिन् र आफ्नो शिर्षक नचाहिने जस्तो व्यहार गर्छिन्’ विज्ञप्तीमा उल्लेख छ, ‘उनले शाही पदको लागि सबै काम गरे पनि उपाधी प्रति खुसी छैनन्।’

सुथिदा र सिनिनात दुबैले सुरक्षा क्षेत्रमा वरिष्ठ अधिकारी भई काम गरेका थिए। सुथिदा थाई एयरवेजमा एयरहोस्ट्रेस थिइन् भने सिनिनता सेनामा नर्स थिइन्। राजा वजिरालंगकर्णकाे सुथिदा चौथो श्रीमती हुन् भने सिनिनात पाँचौ‌ श्रीमती थिइन्। त्यसअघिका पुर्व तीन पत्नीबाट ७ जना सन्तान छन्।

उनले तीनै जनाबाट डिभोर्स गरिसकेका छन्। सन् २०१६ मा महा–वजिरालंगकर्ण राजा भएका थिए

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij