२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्णिमा विकास बैंकको सिइओमा प्रकाश गुरुङलाई निरन्तरता

पूर्णिमा विकास बैंकको सिइओमा प्रकाश गुरुङलाई निरन्तरता

855
Shares

काठमाडौं– पूर्णिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ पुन: नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २०२ औं बैठकले सीईओमा कार्यरत गुरुङलाई निरन्तरता दिने निर्णय गरेको हो।

सञ्चालक समितिको बैंठकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंक संयुक्तबीच कारोबार सुरु नभएसम्मको लागि गुरुङ्लाई असोज ९ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

पूर्णिमा विकास बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट बैंशाख १६ गते प्रारम्भिक अनुमति प्राप्त गरेको थियो भने दुबै बैंकको गत असार २७ गते सम्पन्न विशेष साधारण सभाले समेत उक्त प्रस्ताव पारित गरिसकेका छन्।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकले २०७५ फागुन २६ मर्जर सम्झौता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij