२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज तनावग्रस्त

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज तनावग्रस्त

905
Shares

चितवन – भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले तोडफोड गरेका छन् ।
नाकमा समस्या भएर ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।
उनीहरुले उपचारमा अस्पतालबाट लापरवाही भएको भन्दै आइतबार दिउँसोबाट अस्पतालको अगाडी विरोध प्रदर्शन गरेका थिए। आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको थियो।
कुरा नमिलेपछि बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन । २०० जनाको संख्यामा भेला भएका मृतकका आफन्तले ढुङगा मुडा गरी अस्पतालको झ्यालको सिसाहरु फुटाएक थिए । सोही क्रममा प्रहरीतर्फ ५ जना सामान्य घाईते भएका छन् । ढुङगा मुडा गर्ने १२ जनालाई नियन्त्रणमा लिएको छ ।
तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अस्पतालमा प्रहरीले सुरक्षा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij