२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकले गर्यो बार्षिकोत्सवको अवसरमा प्रभातफेरी

सनराइज बैंकले गर्यो बार्षिकोत्सवको अवसरमा प्रभातफेरी

630
Shares

काठमाडौँ – सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘समृद्घ नेपालको सहयात्रामा सनराइज बैंक-हामी संग संगै’ भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । सो प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट सुरु भई नक्साल भगवती, कमलपोखरी, कमलाधि गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा आएर समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु दीपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत काठमाडौं भरिका शाखाहरुबाट करिब ५०० कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij