काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान भोटिङ मेसिनले काम नगरेपछि हिजो स्थगित भएको मतदान अहिले १० बजे पनि सुरु हुने भएको छ ।
एक जना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएको निर्वाचन कमिटीका एक सदस्यले जानकारी दिएका छन् । अहिले भोटिङ मेसिन बनाउने काम भइरहेको निर्वाचन कमिटिले जनाएको छ ।
एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन्। महाधिवेशनमा ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij