२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिविमा प्राइभेट परीक्षाको फारम भर्ने समय एक हप्ता थप

त्रिविमा प्राइभेट परीक्षाको फारम भर्ने समय एक हप्ता थप

880
Shares

काठमाडौ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ ।

कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर कात्तिक ८ गतेसम्म पुर्‍याएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

दशैं विदापछि कार्यालय खुल्दा फारम भर्नेको अत्यधिक भीड भएकाले समय थप गरिएको उनले बताए । दोब्बर दस्तुर तिरेर फारम भर्ने मिति भने कात्तिक १९ गतेसम्म बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij