२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रौतहटबाट निर्वाचित कांग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

रौतहटबाट निर्वाचित कांग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

720
Shares

काठमाडौं – रौतहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।
उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।
आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij