२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिनियाँ राष्ट्रपति जिनपिङ दुई तल्ले जहाज चढेर काठमाडौं आउने

चिनियाँ राष्ट्रपति जिनपिङ दुई तल्ले जहाज चढेर काठमाडौं आउने

1.7K
Shares

काठमाडौं । दशैंकै आसपासमा नेपाल आउन लागेको चिनियाँ राष्ट्रपति सि जिनपिङ दुईतल्ले जहाज चढेर काठमाडौं आउने भएका छन् । पहाड नै पहाडले घेरिकएको र छोटो धावनमार्ग भएका कारण परिक्षण उडानको लागि एयर चाईनाको बोईङ ७४७ जहाज बुधबार काठमाडौंमा अवतरण गरेको छ ।

बुधबार काठमाडौंमा अवतरण गरेको दुई तल्ले जहाज त्रिभुवन विमानस्थलमा सम्भवतः पहिलो पटक अवतरण गरेको छ । विमानस्थल स्रोतले यसअघि पनि दुई तल्ले जहाज काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको दावी गरेपनि कुन जहाज र कहिले अवतरण गरेको हो भन्ने जानकारी दिन सकेन ।

लामो दुरीको यात्रुबाहक जहाज बोईङ ७४७–८०० मा तीन सय ६५ जना सम्म यात्रु अटाउँछन् । दुई तल्ले जहाजको माथिल्लो तल्लामा २१ वटा बिजनेस सिट राखिएको हुन्छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्ग छोटो भएका कारण दुई तल्ले जहाजहरुलाई अवतरण गर्न कठिन छ । साथै वरपरका अग्ला पहाडहरुका कारण पनि उडान र अवतरण कठिन छ । दुई तल्ले जहाजको परिक्षण उडान सफल भएसँगै काठमाडौं विमानस्थलमा अब डबल टेकर अर्थात १५ किलोमिटरसम्म दुरीमा उड्न सक्ने जहाज उडान र अवतरण सम्भव भएको छ ।

राष्ट्रपति जिनपिङको भ्रमण तालिका भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij