२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

430
Shares

पोखरा– गोरखामा करेन्ट लागेर एकको मृत्यु भएको छ । फलामको पोलमा झन्डा फेर्ने क्रममा नाङ्गो तार छुदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आरुघाट गाउँपालिका-९ बगैंचा बस्ने ३६ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले खुलाएको छ । आफ्नो घरमा बुद्ध धर्मावलम्बीको झण्डा फेर्नको लागि फलामको पोलमा झण्डा फेरि गाड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुदा उनको ज्यान गएको हो । प्रहरीका अनुसार करेण्ट लागि घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटे आरुघाटमा ल्याइएको थियो ।

उपचारका लागि स्वास्थ केन्द्र पुर्याइएका उनलाई डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij