काठमाडौं– सिटिजन्स बैंकले काठमाडौँमा दुई नयाँ शाखा थपेको छ। बैंकले ८३ औं शाखा काठमाडौँको लामबगर र ८४ औं शाखा काठमाडौँको सिनामंगलमा थपेको हो।
यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij