नेपाल र अष्ट्रेलियाबीच द्वपक्षीय हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ। दुई देशका प्रतिनिधिमण्डलबीच क्यानडामा भएको वार्तापछि उक्त सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
समझदारीमा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियाको तर्फबाट संघीय पूर्वाधार, यातायात,शहरी एंवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जोम वल्फले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार नेपालका एयरलाइन्सहरुले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा हप्ताको सात उडान गर्न पाउने छन्। अन्य विमानस्थलहरुमा भने असिमित उडान गर्नपाउने छन्।
त्यस्तै अष्ट्रेलियाका एयरलाइन्सहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सात उडान गर्न पाउने छन्। पोखरा,भैरहवा लगायतका अन्य विमानस्थलहरुमा भने हप्तामा २८ उडान गर्नसक्ने छन्।
त्यस्तै निर्धारण गरिएको क्षमतामा जुनसुकै जहाजबाट कार्गो उडान गर्न दुई देशका एयरलाइन्स स्वतन्त्र हुने छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij