काठमाडौँ – चिनियाँ विद्युतीय सवारी साधन निमार्ता कम्पनी बिवाइडीको नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले ‘एम ३’ नेपाली बजारमा ल्याएको छ।
पियोर प्रिमियम मल्टी प्रपोज इलेक्ट्रिक भेइकल भनिएको ‘एम ३’ लाई प्यासेन्जर कार, ट्रभल टुर होटल, कार्गो लगाएतका क्षेत्रमा प्रयोग गर्न सकिने कम्पनीका सिनियर म्यानेजर साहिल श्रेष्ठले जानकारी दिए।
२, ५ र ७ सिटर गरी ३ ओटा अप्सनमा आउने एम ३ मा ५०.१ किलोवाटको लिथियम आयोन पोलिमर ब्याट्री प्रयोग गरिएको जसले सिटी राइडमा ३१० किलोमिटर माइलेज दिने श्रेष्ठले जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij