२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यामाहाको मोटरसाइकल र स्कुटर किन्दा एक लाख जित्न सक्ने

यामाहाको मोटरसाइकल र स्कुटर किन्दा एक लाख जित्न सक्ने

895
Shares

काठमाडौँ – यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दसैंको अवसरमा भिक्ट्री’ अफर ल्याएको छ।
यो योजना अन्तर्गत यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्नेले स्क्र्याच कार्डमार्फत न्युनतम सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउँनेछन् ।
साथै, हरेक दिन हुने लक्की ड्रबाट एक–एक जनाले एक लाख रुपैयाँ जित्न सक्नेछन्। यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक दिन साँझ साढे पाँच बजे यामाहाको आधिकारिक फेसबुक पेजबाट हुने कम्पनीले जनाएको छ।

त्यसैगरी, हरेक साता हुने लक्की ड्रबाट एक जनाले आइफोन एक्सएस जित्न सक्नेछन्। यसबाहेक यामाहाले अहिले नेपाल भरिका डिलरहरुमा ‘एक्सचेन्ज एन्ड अपग्रेड’ मेला सञ्चालन गरिरहेको छ। जसमा कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेन्ज गरी यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको बजार प्रचलित मूल्यांकनमा १५ हजार रुपैयाँ थप मूल्यांकन यामाहाको तर्फबाट पाउनेछन्।

यसरी एक्सचेन्जगर्ने ग्राहकले यामाहाको ब्रान्डेड ब्याग, बाइक कभर, पञ्जा लगायतका एसोसरिज निःशुल्क पाउनेछन्। ‘एक्सचेन्ज एन्ड अपग्रेड’ मार्फत यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले दसैं अफर समेत उपभोग गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij