२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भृकुटीमण्डपमा बजाजको ग्राण्ड एक्सचेन्ज मेला सुरू

भृकुटीमण्डपमा बजाजको ग्राण्ड एक्सचेन्ज मेला सुरू

955
Shares

काठमाडौँ – भृकुटीमण्डपमा बजाजको ग्राण्ड एक्सचेन्ज मेला सुरू भएको छ। हंसराज हुलासचन्द एण्ड कम्पनीले आइतबारदेखि मेला सुरू गरेको हो।
ग्राहकहरुले भृकुटीमण्डपमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन्।
कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजारसम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५ हजार प्रदान गर्ने बताएको छ।
कम्पनीकाअनुसार ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन्।
सो मेला १६ गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij