२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंक र शान्ति दिप हस्पिटलबीच सम्झौता

कामना सेवा विकास बैंक र शान्ति दिप हस्पिटलबीच सम्झौता

600
Shares

काठमाडौं – कामना सेवा विकास बैंंक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटलविच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला तथा हस्पिटलको तर्फवाट हस्पिटलका अध्यक्ष डा. उमेश कुमार मण्डलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले सम्पुर्ण सेवामा १० तथा औषधिमा ५ प्रतिसत सम्म छुट पाउने ब्यवस्था रहेको छ ।

बैंकको कुश्मा शाखाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन शाखाका सम्वन्ध प्रबन्धक किसोर तिमील्सीना तथा स्वागत शाखा प्रबन्धक टंकनाथ लामिछानेले गरेका थिए । बैंकले धौलागीरी क्षेत्रका अन्य अस्पताल सँग समेत सहकार्य गर्दै सेवाग्राहीलाई सेवा दिने तयारीमा रहेको प्रबन्धक लामिछानेले बताए ।

बैंक तथा हस्पिटल संगको सहकार्य बाट दुवै पक्षलाई फाईदा पुग्नेहुदाँ सहकार्य दिगो रहने बैंकका गण्डकी प्रदेश प्रखुख टुवराज बास्तोलाले बताए ।

हालसम्म बैंकले देशभर ९९ शाखा संजाल तथा ४५ एटिएम काउन्टर वाट सेवा प्रदान गर्दै आएको र यस आर्थिक वर्षमा २५ शाखा थप गर्ने लक्ष्य रहेको वास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij