काठमाडौं – रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९ मा अभिनेत्री करिश्मा मानन्धरालाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मानित गरिएको छ भने गैरसरकारी संस्थामा कार्यरत महेन्द्रनगरकी स्तानाकोत्तरकी बिद्यार्थी भाविषा कोइराला चटौतले पाँचौ मिसेस नेपाल इन्टरनेशनलको उपाधि चुमेकी छिन् ।
शनिवार अबेर राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगिता अभिनेत्री मानन्धरलाई क्राउन र मानार्थ मिसेस नेपाल इन्टरनेशनलको स्यास पहिराउँदै शुरु गरिएको थियो। समारोहमा पूर्व प्रधानसेनापती रुक्मागंत कटुवालर अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरालाई क्राउन र स्यास पहिराई दिएका थिए। समारोहमा प्रतियोगिता पांचौ वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सिताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपतिलाई रिवन अनर अवार्डबाट सम्मानित गरिएको थियो ।
विभिन्न पेशामा आवद्ध ३० बिबाहित महिलाका बिच सम्पन्न प्रतियोगितामा विजयी भएवापत भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको छ । भाविषा फेशन आइकन पनि भएकी छिन् । प्रतियोगितामामहोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छिन् । उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आप्mनो बनाइन् । भाविषा र रंगीनाले उपाधि जितेवापत सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल प्रमूख निर्णायक तथा मिस नेपालका आयोजकगोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५सबिता लामिछान, मिस नेपाल २०१५इभाना मानन्धर र गायक डा. आभास लाभ निर्णायक रहेको प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनर्सअप, स्नेहा राउत थापासेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटी, शबनम खरेलथर्ड रनर्सअपर बेस्ट ¥याम्पवाक, शिल्पी गुप्ताफोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाईस, कुश्मा देवी खाँड़ मल्लमष्ट पपुलर र मस्ट फ्रेण्डली तथा आश्मा तामाङ पब्लिक च्वाईस र मस्ट गर्जियस भएका छन्।अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितमासुशीला श्रेष्ठमस्ट क्रीयटिभ, सरस्वती बूढ़ाथोकीबेस्ट ग्लोइङ स्किन, रूपा शाहबेस्ट हेयर, इन्दिरा रानाभाटब्यूटिफÞुल स्माइल, सन्ध्या घिमीरेमल्टीमीडिया च्वाईस, एलिजा महत यूट्यूब बेस्ट भ्यूज,सृजना पाण्डेमष्ट ट्यालेन्टेड, प्रतिमा ज्ञवालीम्यानेजमेन्ट च्वाईस, बिना जोशी चन्दमोस्ट ब्यूटीफूल, प्रतिमा मल्लबेस्ट डान्सर, नम्रता शर्मामोस्ट ऐक्टिव,सबीना चालीसेमिसेस कंजीनीयलिटी, नीरा तामाङ सोशल्ली एक्टिभ, सुशीला भट्टमिसेस फÞोटजेनिक र बिमला केसीलेडी विथ पर्पस भएका छन्।रमाईलो एचडीको सहयकार्य र निशुकान्त झाको निर्देशनमा भएको समरोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा प्रतियोगितका सहभागीहरुले ७ प्रदेशको झल्को गर्ने गरी नृत्य प्रस्तुत गरी सबैको मन जितेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij