२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लायन्स क्लब भक्तपुर स्वीट होमको स्थापना तथा परिचयात्मक कार्यक्रम सम्पन्न

लायन्स क्लब भक्तपुर स्वीट होमको स्थापना तथा परिचयात्मक कार्यक्रम सम्पन्न

1.8K
Shares

काठमाण्डौ – डिस्ट्रिक गर्भनर लायन शोभा जोशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा क्लबले एक वर्षे कार्यसमिति चयन गर्नुका साथै महत्वकांक्षी योजनाहरु पारित गरेको हो । साथै कार्यक्रममा एक वर्षको कार्य समीक्षासमेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रिक गर्भनर लायन जोशीले क्लबले गरेका कार्यहरुको प्रशंसा गर्नुका साथै क्लबको नयाँ कार्यसमिति र नव प्रवेशी सदस्यहरुलाई सपथ खुवाउनु भई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । यस्तै उहाँले नव प्रवेशी सदस्यहरुलाई स्वागत गर्नुहुँदै लायन्स क्लबको औचित्य, इतिहास र महत्वमाथी प्रकाश पार्नुका साथै दृढ आत्म विश्वासकासाथ समाज सेवाको भावनामा अझ वृद्धि गर्दै क्लबलाई अझ उचाईमा पु¥याउनमा योगदान रहने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा क्लबका प्रेसिडेण्ट लायन केवल पण्डितले एक वर्षे कार्यसमिक्षा गर्दै प्रभावकारी रुपमा कार्य सम्पादन गर्न र क्लबलाई चुस्त बनाउन पदाधिकारीको कार्यकाल १ वर्ष थप गरेको बताउनुभएको थियो । साथै उहाँले लायन्स वर्ष २०१९–२० मा गरिने विविध सामाजिक कार्यहरु प्रस्तुत गर्नुभएको थियो ।यस्तै एरिया को—अर्डिनेटर लायन सुदामा कार्कीले क्लबले सामाजिक सेवा गरेको कार्य परिष्कृत गर्दै लैजाने र गरिब बालबालिकाको लागि गुणस्तरीय शिक्षा प्रदान गर्न काठमाडौंमा आवासीय विद्यालयको स्थापना भइसकेको जानकारी गराउँदै अझ प्रभावकारी बनाउने बताउनुभएको थियो ।
क्लबका सचिव लायन कपिल बस्नेतले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य एरिया को—अर्डिनेटर सुदामा कार्कीले राख्नुभएको थियो भने समापन मन्तव्य रिजियन चियरपर्सन लायन प्रकाश ढकालले राख्नुभएको थियो । कार्यक्रममा पिएमसिसिसि कयाम उडिन्, फस्ट भिडिजी लायन डा.सुशीला मल्ल, सेकेण्ड भिडिजी लायन केशव पाण्डे, आइपिडिजी लायन सुर्दशनधर प्रधानांग, पिडिजी लायन शम्भु घिमिरे, पिडिजी लायन मधुकर उपाध्याय, डिस्ट्रिक क्याविनेट कोषाध्यक्ष लायन शम्भु थापा, क्याविनेट सचिव लायन दिनेश श्रेष्ठ लगायत क्लब सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij