२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भायनेटको ‘दसैँ–तिहार टिभी उपहार’ योजना

भायनेटको ‘दसैँ–तिहार टिभी उपहार’ योजना

750
Shares

काठमाडौं–इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसनले चाडपर्वलाई लक्षित गरी नयाँ उपहार योजना सार्वजकि गरेको छ । कम्पनीले ल्याएको ‘दसैँ–तिहार टिभी उपहार’ योजनाअन्तर्गत भायनेटका ग्राहकले अतिरिक्त स्पिडको इन्टरनेट र २ सय ३० भन्दा बडी च्यानल भएको नेट टिभीका साथमा स्काइवर्थको ३२ र ४० इन्च टिभी छुटमा प्राप्त गर्न सक्नेछन् ।

योजनाअन्तर्गत वार्षिक २५ हजार ९ सय ९० रुपैयाँ प्लस भ्याटको मूल्यमा ग्राहकले ५० एमबिपिएस स्पिडको इन्टरनेटसमेत पाउनेछन् भने वार्षिक ३४ हजार ५ सय ४५ रुपैयाँ प्लस भ्याटको मूल्यमा ग्राहकले ५० एमबिपिएस स्पिडको इन्टरनेट र २ सय ३० भन्दा बढी च्यानल भएको टिभी प्राप्त गर्न सक्नेछन् । साथै प्रथम २ सयजना ग्राहकले थप १ हजार ४ सय ७५ रुपैयाँ छुटसमेत पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij