काठमाडौं – नेपाल राष्ट्र बैंकले प्वाइन्ट अफ सेल (पीओएस) मेसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज एक सुचना जारी गर्दै यस्तो वइवस्था गरेको हो ।
कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल लगायतका मर्चेन्टहरुबाट पीओएस कारोबार गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिइएमा सम्बन्धित बैंक तथा वित्तय संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले एक सुचना जारी गर्दै अनुरोध गरेको छ ।
ग्राहकहरुले समान खरिद गर्दा पीओएस मेसिनमार्फत पैसा भुक्तानी गर्ने प्रचलन बढ्दै गएको छ । गत शनिबार चिनियाँ ह्याकरहरुले बैंकिङ प्रणालीमै ह्याक गरेर करोडौं रुपैयाँ निकालेपछि राष्ट्र बैंकले अन्तर बैंकका एटीएम कार्डबाट नगद झिक्न समेत रोकिएको छ भने पीओएस मार्फत कारोबार गर्ने ग्राहकहरुलाइ पनि सुसुचित गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij