कैलालीबाट झण्डै ३० लाख रकमसहित एक भारतीय पक्राउ

कैलाली – कैलालीबाट प्रहरीले २९ लाख ८० हजार रुपैयाँ अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । युपी ३१ एके ७३४८ नम्बरको कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा कैलाली भन्सार कार्यालय नजिकैबाट भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले बताए ।
गोप्य सूचनाको आधारमा उनी चढेर आएको कारको खानतलासी गर्दा २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद भएको गिरीले बताए ।
धनगढीमा सुन पसल सञ्चालन गर्दै आएका बर्माको साथबाट विभिन्न बैैंकका ६ वटा एटिएम कार्ड र खाली चेक समेत बरामद भएको उनले बताए ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology