२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री फर्किए तर कुनै प्रतिक्रिया दिएनन्

प्रधानमन्त्री फर्किए तर कुनै प्रतिक्रिया दिएनन्

815
Shares

काठमाडौं – १४ दिन लामो सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन्।
विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए।
१४ दिनसम्म सिंगापुरमा उपचार गराएका प्रधानमन्त्री ओलीले विमानस्थलमा समसामयिक राजनीति र आफ्नो स्वास्थ्यबारे कुनै प्रतिक्रिया दिएनन्।
तर नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले प्रधानमन्त्री फर्कँदाको रिपोर्टिङ गर्न पत्रकारहरूलाई विमानस्थल बोलाएको थियो।
प्रधानमन्त्रीसँगै भदौ ५ गते नै सिंगापुर गएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र नीजि डाक्टरहरु दिब्या सिंह शाह र दिलिप शर्मा यसअघिनै नेपाल फर्किसकेका छन् भने सुरुदेखि नै साथमा रहेका प्रधानमन्त्री पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्य आज प्रधानमन्त्रीसँगै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij