२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्जमा उच्चस्तरीय एसी डिलक्स बस सेवा सुरु

वीरगञ्जमा उच्चस्तरीय एसी डिलक्स बस सेवा सुरु

845
Shares

पर्सा– वीरगञ्जमा उच्चस्तरीय एसी डिलक्स बस सेवा आजदेखि सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा सञ्चालित पोखरा जगदम्बा ट्राभल्सले वीरगञ्ज काठमाडौ रुटमा चल्ने रिमोटले चलाउन सकिने २१ आरामदायी सिट भएको बस सेवा सञ्चालन ल्याएको हो ।

वीरगञ्जको होल विश्वमा आज आयोजना गरीएको उच्चस्तरीय एसी डिलक्स बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले यात्रुहरुको सहजताका लागि आरामदायी सेवा सुविधा सम्पन्न बस सेवा सञ्चालनले वीरगञ्जको पर्यटन व्यवसायमा पनि टेवा पुग्ने बताए । उनले विभिन्न समस्या र चुनौतीका माझ पनि यस्ता बस सेवा सञ्चालन गर्ने जमर्को गरेको बस कम्पनीलाई बधाई दिँदै वीरगञ्जदेखी काठमाडौँ सम्मका यात्रुहरुलाई सहज र सुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

मेयर सरावगीले केही दिनअघि उद्घाटन भएको आधुनिक वसपार्क सञ्चालनबारे स्मरण गराउँदै सुविधा सम्पन्न बस सेवा सञ्चालनले वीरगञ्जको विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले वीरगञ्जमा पहिलोपटक उच्च स्तरीय डिलक्स बस सेवा सञ्चालनले वीरगञ्जवासी लगायत सम्पूर्ण उद्योगी व्यवसायीको लागि पनि खुशी खबर रहेको बताए ।

उनले विगतका दिनहरुमा बस सेवा लिने यात्रुहरुले बसमा दुव्र्यवहार समेत खेप्नुपर्ने हुन्थ्यो तर हाल सञ्चालनमा आएको बस सेवा अत्यन्तै सुविधा सम्पन्न भएकोले यात्राको क्रममा यात्रुहरुले खेप्दै आएको समस्याबाट मुक्ति मिल्न सक्ने बताए । उनले यसले पर्यटन प्रबद्र्धनमा पनि ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले यात्रा गर्ने अन्य यात्रुभन्दा अपांगता भएका, एकल महिला, जेष्ट नागरिक, दलित लगायत सञ्चारकर्मीहरुलाई विशेष छुटको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा जगदम्बा ट्राभल्सका अधयक्ष केशवप्रसाद अधिकारीले २१ सिट भएको आरामदायी बसमा रिमोर्टले चलाउन मिल्ने सिट भएको भएको तथा एसी, टीभी, वाईफाई लगायतको सुविधा भएको र बस सेवाको प्रतिव्यतिm १ हजार २ सय रुपैयाँ टिकट दर रहेको जानकारी दिँदै नेपाल सरकारले लिएको पर्यटन वर्ष मनाउने तथा समृद्ध नेपाली सुखी नेपाली लगायतको उद्देश्य सफल पार्न ठुलो टेवा पुग्ने बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीको अधयक्षतामा भएको बस सेवा समुद्घाटन कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष एव् बस सञ्चालक कम्पनीका प्रमुख सल्लाहकार यानकुमार शाही, यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश २ का संयोजक जगरनाथ प्रसाद कलवार, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सञ्चालक अशोक चौधरी, कम्पनीका वीरगंज शाखा संयोजक सुमन श्रेष्ठ , नेपाली काँग्रेसका क्षेत्रीय सभापति अरविन्द प्रसाद गुप्ता, नेकपाका पर्सा संयोजक प्रभु हजरा लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मयेर विजय सरावगी, कम्पनीका अध्यक्ष लगायतले शान्तिको प्रतिक परेवा उडाएर बस सेवाको सम्द्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij