काठमाडौं– चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्टको सिस्टम (नेप्स) ह्याक गरी साढे तीन करोड चोरेको विषयमा अनुसन्धान गर्न नेप्सका सिइओ प्रविण क्षेत्रीलाई बयानका लागि बोलाए पनि विशेष कारण जनाउँदै क्षेत्री बयानमा गएनन् ।
महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले क्षेत्री बिशेष कारण देखाउँदै आज आउन नसकेको जानकारी दिए । क्षेत्रीलाई मंगबार (हिजो) पनि बयानका लागि बोलाइएको थियो तर उनी उपस्थित भएनन् । भोली बिहीबार १० बजे उपस्थित हुने जानकारी आएको डिएसपी बोगटीले जनाएका छन् ।
नेप्सले हाल १८ बैंक तथा वित्तिय संस्थाको कार्डको होस्टिङ र स्विचिङ सेवा प्रदान गर्दै आएको छ । बैंकरहरु यस घटनामा नेप्स जिम्मेवार रहेको बताउन थालेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij