२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रतिमहिना ६ रुपैयाँमा टेलिकमको ‘मिस्ड कल अलर्ट’ सेवा

प्रतिमहिना ६ रुपैयाँमा टेलिकमको ‘मिस्ड कल अलर्ट’ सेवा

485
Shares

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा प्रति महिना ६ रुपैयाँ उपलब्ध गराएको जानकारी गराएको छ । प्रयोगकर्ता मोबाइल नेटवर्क नभएको स्थानमा हुँदा, ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्थामा, फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्थामा छुटेको कलबारे जानकारी गराउने सेवा टेलिकमले उपलब्ध गराइरहेको जानकारी गराएको हो ।

नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोस्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीका छुटका कलबारे एसएमएसमार्फत् जानकारी पाउन सकिन्छ । यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ ।

आफ्नो मोबाइलमार्फत ‘एक्स्ट्रिक १४०० ह्यास’ डायल गरेर दिइएका विकल्प अनुसार अथवा ‘एसयूबी एमसीए’ लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ ।

यो सेवामा कुनै समस्या आएमा १४९८ मा डायल गरी समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij